arrow

बन्यो ओलम्पिक वुमेन्स कमिशन, यी हुन् सदस्यहरु

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
noc-women-commission.jpg

काठमाडौं । नेपाल ओलम्पिक कमिटीअन्तर्गत ज्योति राणाका अध्यक्षतामा वुमेन्स कमिशनको ११ सदस्यीय समिति गठन भएको छ । कमिशनका अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो ।  

ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिशन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना दिए । कमिशनका अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा, नन्दा बस्याल, प्रमिलासिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमाडोल्मा लामा  र गीता श्रेष्ठ हुन् । 

सो अवसरमा अध्यक्ष राणाले कमिशनले महिला खेलाडीको हितमा आवाज उठाउने तथा महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने र  छाउप्रथाबारे चेतनामूलक कार्यक्रम गर्ने जानकारी दिइन् । 



लोकप्रिय समाचार
नयाँ