arrow

कोरोना भाइरसबाट नेकपा नेता कमानसिंह लामाको निधन

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
kaman-singh-lama.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको कोरोना भाइरसको महामारीबाट निधन भएको छ । पूर्व सांसद एवं पूर्व राजदूत लामाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

मधुमेह र उच्चरक्तचापका रोगी लामालाई गत मंसिर १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति निधन भएको हो । 

काभ्रेपलाञ्चोकका लामाको केही वर्षअघि मिर्गौलाको क्यान्सरको समेत उपचार गरिएको थियो । 



लोकप्रिय समाचार
नयाँ