arrow

ईटालीलाई विश्वकप दिलाएका रोस्सी रहेनन् 

जसले ब्राजिलविरुद्ध विश्वकपमै गरेका थिए ह्याट्रिक

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
paolo-rossi-italy-football.jpg

काठमाडौं । ईटालीलाई विश्वकप फुटबलको उपाधि दिलाउन सफल पाओलो रोस्सीको निधन भएको छ । ईटालीले सन् १९८२ को विश्वकप जित्दाका हिरो रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको हो । 

इटालियन टीभी च्यानल आरएआई स्पोर्टमा विज्ञका रुपमा काम गर्दै आएका रोस्सीको निधन भएको हो । आरएआई स्पोर्ट प्रस्तोता एन्रिको भारिआलेले बिहीबार दुःखद खबर भन्दै रोस्सीले छाडेर गएको बताएका थिए । 

भनेका थिए, ‘अविश्वसनीय पाब्लिटो जसले हामी सबैलाई १९८२ को समरमा मायामा डुब्न सिकाए र उनी आरएआईका बहुमुल्य र सक्षम सहकर्मी थिए ।’

त्यस लगत्तै रोस्सीकी पत्नी फेडेरिका क्यापेलेट्टीले उनको र आफ्नो तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै लेखेकी छिन्, ‘सधैका लागि’ ।

उनले रोस्सी के कारणले रहेनन् भन्नेबारेमा नखोले पनि इटालियन मिडियाहरुले भने उनी लामो समयदेखि बिरामी रहेको उल्लेख गरेका छन् । 

रोस्सीले युभेन्टसमा रहँदा चार वर्षको अवधिमा दुई वटा इटालियन सिरि ए उपाधि जितेका थिए । त्यस्तै युरोपियन कप र कोपा इटालिया जितेका थिए । 

उनको ६ गोलको मद्धतले सन् १९८२ मा इटालीले विश्वकप जितेको थियो । उनले ब्राजिल विरुद्ध दोस्रो चरणमा ह्याट्रिक गरेका थिए । त्यस्तै पोल्यान्ड विरुद्ध सेमिफाइनलमा २ गोल गरेका थिए । जसमा इटाली २–० गोल अन्तरले नै जितेको थियो । 

त्यस्तै फाइनलमा पश्चिम जर्मनी विरुद्ध ३–१ गोल अन्तरको जित निकाल्दै इटालीले तेस्रो पटक विश्वकपको उपाधि जितेको थियो । 



लोकप्रिय समाचार
नयाँ