भोजपुर । सवारी दुर्घटनामा गम्भीर घाइते भएका भोजपुर नगरपालिका– ५ बोखिमका ४५ वर्षीय वडाध्यक्ष जसबहादुर राई र ५५ वर्षीय वडा सदस्य शरणबहादुर प्रधानलाई हेलिकप्टरबाट काठमाडौँ लगिँदै ।
कार्यालयको कामका लागि बिहीबार बिहान ११:३० मा सदरमुकाम आउने क्रममा उनीहरु सवार १ ब १७९३ को मोटरसाइकललाई पानीट्याङकीतर्फ जाँदै गरेको प्र १–०२–००३–त ५४८ ट्रयाक्टरले देउराली चोकमा ठक्कर दिएको थियो ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।