arrow

हत्याको राजनीति त्यागेर शान्तिपूर्ण बाटोमा आउन विप्लवलाई कांग्रेसको आग्रह

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भर्त्सना गर्दै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बिहिबार भएको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत चन्द समूहलाई अपिल गरेको छ । 

बैठकले पार्टीले यही मङ्सिर २९ गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने मङ्सिर १९ गते निर्णय गरेको थियो ।

बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधिमार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभासपतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा प्रकाशशरण महत र सुनिल थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिंह केसी र डा रामशरण महतलगायत उपस्थित थिए ।



लोकप्रिय समाचार
नयाँ