arrow

काठमाडौं-दिल्ली उडान सुचारु हुने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
Nepal-Airlines-new.jpeg

काठमाडौं। कोभिडका कारण रोकिएको काठमाडौं-दिल्ली हवाई यात्रा खुल्ने भएको छ। दुवै देशले खोल्ने निर्णय गरेको भए पनि मिति निश्चित नभएको बताईएको छ। यस अघि डिसेम्बर १६, २०२०२मा उडान खोल्ने संभावना रहेको बताईएको थियो।

नेपाल एयरलाईन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग दिल्ली उडानको अनुमती मागेको थियो। त्यसैगरि दुवै देशका सम्बन्धित निकायहरुले उडानका लागि अनुमती दिईसकेको बताईएको छ। भारतको एयर ईण्डियाले पनि आफ्नो उडान सुचारु गर्ने छ।

नेपाल एयरलाईन्सका अनुसार शुरुमा दैनिक एक उडान हुने बताईएको छ। सबै अन्तराष्ट्रीय स्वास्थ्य प्रोटोकोल पच्छाएर उक्त उडानहरु हुने जनाईएको छ।

कोभीड-१९को महामारी पछि बन्द भएको उडानहरुले गर्दा नेपाल-भारत यात्रा गर्ने यात्रुहरुलाई मर्का परिरहेको थियो। कोभिड-१९ महामारीका बिच उच्च सतर्कता अपनाउँदै उडान हुने बताईएको छ।



लोकप्रिय समाचार
नयाँ