arrow

चुनाव चिन्ह हलो देखाउदै कमल थापाले लगाए दलगत स्वार्थ भएको आरोप

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
kamal-thapa4.jpg

राप्रपाका अध्यक्ष कमल थापाले बिहिबार एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन् । 

राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए ।

उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाए ।



लोकप्रिय समाचार
नयाँ