arrow

बिहिबार थपिए बाह्र सय सत्र संक्रमित

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नेपालमा बाह्र सय सत्र कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर सात हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएकामा ७ सय ७४ पुरुष र ४ सय ४३ महिला गरी एक हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म १८ लाख १३ हजार २०४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । अहिले देशभर १२ हजार ३ सय ६८ कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार २४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६०१ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४४ पुरुष र १६० महिला गरी जम्मा ४ सय ४ जना संक्रमित थपिएका छन् । चौविस घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या एक हजार ६ सय ६३ पुगेको छ । आइसियुमा उपचारत ३ सय ९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् ।



लोकप्रिय समाचार
नयाँ