arrow

शिक्षक हत्यारालाई कारवाही गर्न नेविसंघको माग

logo
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौँ । नेपाल विद्यार्थी संघले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यारालाई तत्काल खोजी गरी कारवाही गर्न माग गरेको छ । 

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बिहिबार एक विज्ञप्ति जारी गरी मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठका हत्यारालाई तत्काल खोजी गरी कडा कारवाही गर्न माग गरेका हुन् ।

“व्यक्ति हत्या क्रुर र अमानवीय अपराध हो, राजनीतिक वा अन्य आवरणमा यसलाई ढाकछोप गर्न मिल्दैन”, उनले भने । 

नेविसंघले नेकपा माओवादी (विप्लब समूह)लाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ ।

 नेविसंघका महामन्त्री दीपक भट्टराईले शिक्षक र विद्यार्थीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे । उनले सबै राजनीतिक दलले शिक्षा क्षेत्र, शान्ति क्षेत्र भन्ने कुरालाई मनन गर्न र त्यसको सम्मान गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
नयाँ