arrow

गणतन्त्रवादीको कमजोरीका कारण राजावादी सलवलाउन थालेः अध्यक्ष केसी

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
chitra-bahadur-kc.PNG

रुपन्देही । पूर्व–उप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्रवादी भनौदाहरुको रवैयाले पछिल्लो समय देशमा राजावदी सलवलाउन थालेको वताएका छन् । जसका कारण राजतन्त्र फर्काउने आवाज दिनदहाडै गुञ्जिन थालेको उनको भनाई छ । 

अध्यक्ष केसीले हिजो लोकतन्त्र सहितको गणतन्त्र आएपछि देशको विकास र जनताहरु निरंकुश शासन वाट मुक्ति पाउनेछन् भन्ने सरकारवादी दल कै कारण देशको स्थिती र जनतामा थप निरंकुशता छाएकाले संसदिय व्यवस्था भन्दा राजतन्त्रले देश र जनताको सुरक्षा एंव उत्थान गर्ने लगायतका आवाज सडकमा गुञ्जिन थालेको वताएका छन् ।

अर्को एक प्रशंगमा अध्यक्ष केसीले भने, सरकारवादी दलको आन्तरिक किचलोले प्रतिगमन गामीको खतरा बढेको बताउँदै हिन्दु राज्य कायम गराउने दाउमा सक्रिय भएको जिकिर गरेका हुन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले विहिवार (आज) बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपाली जनताको रगत र पसिना बाट आएको गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै सभामा बोल्दै लुम्बिनी प्रदेश सांसद तारा जिसीले संघीय संरचना देशले धान्न नसक्ने भन्दै प्रदेश खारेज गर्नुपर्ने बताईन् । नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीले ऋण लिएर सञ्चालन गरिने संघीयता धेरै समय टिक्न नसक्ने दावी गर्दै, सरकार भ्रष्टाचारमा लिप्त हुँदा जनजीविका विषय ओझेलमा परेको गुनासो गरे ।



लोकप्रिय समाचार
नयाँ