प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि मेगा क्यापिटलसँग सहकार्य
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
171
Shares
काठमाडौं । प्रभु बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ति गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन–तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबर (प्राइभेट प्लेसमेन्ट) बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र (डिबेन्चर) सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
मेगा क्यापिटल मार्केट्स लिमिटेड निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि बिहीबारै हस्ताक्षर भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिन प्रभु बैंकले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।