योगगुरु दिलिपजी महाराज पुगे जिपी फाउन्डेशनको कार्यालयमा
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
103
Shares
न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा गुरु दिलिपजी महाराजलाई खादा लगाई स्वागत गरेका छन् । दिलिपजी महाराज संयुक्त राष्ट्रसंघका लागि धार्मिक समितिका सचिव हुन् । उनी विश्व योगा समुदायका विश्वव्यापी अध्यक्ष हुन् ।
उक्त स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव एवं समुदाय प्रबन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, सदस्य द्वय प्रेम क्षेत्री र धुर्व कुँवर क्षेत्री लगायतको विशेष उपस्थिति रहेको थियो ।
उक्त स्वागत कार्यक्रमको भेटवार्तामा आध्यात्मिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो ।उक्त भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गरेकामा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरुलाई गुरू दिलिपजीले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसंघ लगायत उच्चस्तरीय सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी अगाडि बढ्न आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने वचनवद्दता जाहेर गरे ।
आफुले वर्तमान सहित संयुक्त राष्ट्रसंघका तीन जना महासचिवसँग नजिकबाट साथसाथै काम गरेको अनुभव भएको, विश्वका १०० भन्दा बढी देशमा योगा र धार्मिक एवं आध्यात्मिक प्रवचन दिएको अनुभव बताउँदै गुरुले आगामी दिनहरूमा विश्वका राजनेताहरूमा धैर्य र संयमता संहाल्दै देशहरूमा सर्वपक्षीय शान्ति स्थापना गर्नमा जोड दिए ।
फाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले मानिस विश्व सभ्यतादेखि हालसम्म विभिन्न मानवीय र प्राकृतिक प्रकोपवाट गुज्रदैं आएको र योगा र आध्यात्मिक चिन्तनले मानवलाई तनाववाट मुक्ति मिल्ने कुरामाआफ्नो धारणा राखे ।
करीव ३ घन्टा समय फाउन्डेशनलाई दिएका योगगुरूसँग चियापान गरी कार्यक्रम गर्न पाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामा एवं महासचिव छिरिङ राप्के लामाले प्रशन्नता व्यक्त गरे ।