काठमाडौं । अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अबस्था बुझ्नको निमित्त अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डा. दिप्तेश अर्याल र सिईओ पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्थाबारे जानकारी गराएका थिए ।
अस्पतालले दिएको जानकारीअनुसार सांसद लिङ्ग्देनको स्वास्थ अबस्थामा उल्लेख्य सुधार भएको छ । पुनः कोभिड परिक्षणको निमित्त स्वाब लिईसकिएको छ । अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन । अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर थिए।
शुक्रबार काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेको र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अबस्था बुझेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।