arrow

रुपन्देही अवैध व्यापारको ट्रान्जिट बन्दै, निस्तेज पार्न प्रहरीको विशेष चासो

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
goru.jpg

रुपन्देही । वढ्दो वजारीकरणसँगै स्थापना हुँदै गएको उद्योगधन्दाको अवस्था र नेपालको दोस्रो भन्सार कार्यालय वेलहिया नाकाले रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्न थप टेवा पुर्‍याउने अपेक्षा यहाँका नागरिक, उद्योगी व्यापारी र अहिलेको प्रदेश सरकारले पनि परिकल्पाना नगरेको होईन् ।

सोही अनुरुप समग्र जिल्लामा अहिले साना, मझौला र ठुला लगानीका उद्योगहरु खोल्ने क्रमसँगै पहाडी जिल्लामा लगायतका जिल्लाहरुमा उत्पादित विभिन्न सामाग्रीहरु निर्यात हुँदै आएको छ । जसले आर्थिक स्थितिको राम्रै गतिविधि हुँदै आएको पाईएको छ ।

तर, पछिल्लो समय रुपन्देहीलाई आर्थिक हवको राजधानी वनाउने संकल्प लुम्विनी प्रदेशले अगाडि सार्दै गर्दा, अपराधिक कार्य थलोको हव वन्ने संकेत देखा परेको छ । यही मंसिर २० गते पश्चिमबाट पूर्व तर्फ ट्रकमा लोड गरेर १ सय २१ वटा गोरु लैजाँदै गरेको रुपन्देही प्रहरीले बुटवलमा पक्राउ गर्‍यो । 

विभिन्न वहानाका कागज वनाएर, विभिन्न तहसँगको सेटिङ्गमा विगत देखि हुँदै आएको गोरु तस्कर कार्यलाई प्रहरीले पनि खासै चासो नदिएको जनगुनासो वढ्दै गएको वेला रुपन्देही प्रहरीले भने, कुनै फोनको प्रवाह नगरी दिनैपच्छिे अवैध धन्दाहरुलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।

गोरु ओसार पसारमा संलग्न बाराको निजगढका ३६ वर्षीय गणेश पौडेल, ५२ वर्षीय शम्भु भट्टराई, ३२ वर्षीय नवराज कार्की, बाराकै जितपुर सिमराका ३८ वर्षीय तिलक बहादुर जिम्बा र मकवानपुर हेटौँडाका लक्ष्मण दनै रहेका छन् । 

घरेलु जनावर देखि, वन्यजन्तुका विभिन्न अंगको ओसारपसार तथा कारोबार गर्ने क्षेत्रको रुपमा बुटवल पकेट स्थान वन्दै गरेको केहि समय अगाडिका घटनाले संकेत गरेको छ । रुपन्देही प्रहरीले लगातार एकपछि अर्को वन्यजन्तुका अंग सहित प्रकाउ गरी सार्वजनिक गरेको छ ।

गोरु, गैंडाको खाग र कस्तुरीको विना जस्ता अवैधानिक कार्यको कारोवार गर्ने केन्द्र बुटवल स्रोतको वनेको पाईएको हो । गैंडाको खाग सहित ३ जना, गोली लागि एकजना घाईते, कस्तुरीको विना सहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जनाएका छन् ।

कस्तुरीको विना ६१.४० ग्राम सहित अर्घाखाँची छत्रदेव–२ का सुकुरद्धिन मियाँ, बागलुङ नगरपालिका –६ का रमेश विक र रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ का दीपक विक रहेका छन् । बुटवल उपमहानगरपालिका–८ सुख्खानगर स्थित न्यू कलश होटलबाट १ थान गैँडाको खागसहित तस्कर फेला परे ।

मंसिर २४ गते देवदह र लुम्बिनीबाट २ वटा ट्रकमा लोड गरिएका गोरु सहित ७ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो । प्रहरीले दुई स्थानबाट ५५ वटा गोरु नियन्त्रणमा लिएको हो । देवदह नगरपालिका वडा न–११ शंकरपुरबाट ना ६ ख ३८६१ नम्बरको ट्रकमा अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सह–चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता थापाले वताए । नियन्त्रणमा लिईएका गोरुहरुलाई पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियामा चलान गरिएको छ । 

पुन. लुम्बिनी साँस्कृतिक नगरपालिका–५ लोखडियाबाट पुर्वतर्फ लैजाँदै गरेको लु १ ख ९८९५ नम्बरको ट्रकबाट २८ वटा गोरु सहित ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा संलग्न सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ३२ वर्षिय गणेश बहादुर सुनार, सोही ठाउँका सह–चालक १७ वर्षिय वीरेन्द्र सुनार, नवलपरासीको सुनवलका सह–चालक १७ वर्षिय भिम बहादुर बिक, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नंं.२ का कामदारहरु ५० वर्षीय इवारत मुसलमान र ३० वर्षीय मिठ्ठु मुसलमान पक्राउ गरेका हुन् । 

यसैविच रुपन्देही प्रहरीले केही दिन यता दिनहुँ जसो अवैध रुपमा भारत तर्फ बिक्रीका लागि लैजान लागेका गोरु र वन्यजन्तुको अंग ओसारपसार एंव विक्रि कार्यलाई निस्तेज पार्न सक्रियाता देखाउँदै आएको छ ।



लोकप्रिय समाचार
नयाँ