arrow

बढ्यो फुटबल खेलाडीको तलब, सबैलाई बराबर दिइने

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
nepal-football-team.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् ।   अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।

 एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमा समेत वृद्धि गरेको छ । पुरुष तथा महिला खेलाडीले जनही मासिक रु १८ हजार पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । 

लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन । पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए । पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो ।

 यसअघि पुरुष खेलाडीले मासिक जनही रु १५ हजार तथा महिला खेलाडीले जनही रु सात पारिश्रमिक पाउने गरेका थिए । पहिलो पटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राइले बताए ।  



लोकप्रिय समाचार
नयाँ