arrow

शुक्रबार कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नेपालमा १ हजार ४४ कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएकामा ६ सय ३३ पुरुष र ४ सय ११ महिला गरी १ हजार ४४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म १८ लाख २० हजार ८ सय १८  पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१  जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ ।

योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या  २ लाख ३२ हजार ८ सय ७२ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ ।

चौविस घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या  १ हजार ६ सय ७४  पुगेको छ । आइसियुमा उपचारत ३ सय ९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् ।



लोकप्रिय समाचार
नयाँ