arrow

'नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ लगाए, सिधै भन्नुपर्छ अब मिल्न सकिएन'

logo
प्रकाशित २०७७ मंसिर २७ शनिबार
gokul-banskota1.jpg

काभ्रेपलाञ्चोक ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका  नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले दाबी गरेका छन् । 

 बनेपाको एक श्रद्धाञ्जलिसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए । बाँस्कोटाले भने,' कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन् ।'

उनले भने, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।” आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो । 



लोकप्रिय समाचार
नयाँ