काठमाडौं। नेपाली कांग्रेसले मंसिर २९मा आह्वान गरेको बिरोध प्रदर्शनको अघी मंसिर २८ गते बोलाइएको बोलाइएको संवैधानिक परिषद बैठकलाई विपक्षी दलका नेता तथा परिषदका पदेन सदस्य कांग्रेस सभापति शेर बहादुर देउवाले अनिश्चित बनाइदिएका छन् । सरकार बिरुद्ध नेपाली कांग्रेसको बिरोध प्रदर्शन अघी राखिएको सो बैठकमा विपक्षी दलका नेताले अनुपस्थित हुने जनाएर वैठक अनिश्चित बनाइदिएका हुन्। बैठकका पदेन सदस्यले अनुपस्थित हुने जनाएपछि प्रधानमन्त्रीले बैठक स्थगित गर्नुपर्ने अवस्थामा पुगेका छन् । बैठकमा विपक्षी दलका नेताको अनिवार्य उपस्थिति चाहिन्छ ।
विपक्षी कांग्रेस र सत्तारुढ नेकपाकै किचलोबीच राजनीतिक जोडघटाउ गरेर प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा सभापति देउवाले नजाने जानकारी गराएका हुन् । आइतवार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पनि छ। सो बैठकलाई टार्न ओलीले संवैधानिक परिषदको बैठक बोलाएका थिए। शनिवार देउवाले प्रधानमन्त्रीलाई फोन नै गरेर वैठकमा नजाने जानकारी गराएका हुन्। सभापति देउवाले संवैधानिक परिषदको वैठकमा आफू आउन नसक्ने जानकारी गराएपछि उनलाई वैठकमा सहभागि भइ पार्टीको कार्यक्रममा सहभागि हुन ओलीले आग्रह गरेपनि उनले त्यसलाई इन्कार गरेका छन्। देउवाले २९को बिरोध पेरद्शन अघी संवैधानिक परिषदको बैठकमा भाग नलिने जानकारी दिएका हुन्।
नेकपा सरकारको सर्वसत्तावादको बिरोधमा आफैले गरेको कार्यक्रमका दिन आह्वान गरेको बैठकमा आउन नसक्ने जानकारी सभापतिज्यूले दिनुभएको देउवा निकट एक केन्द्रीय सदस्यले हाम्राकुरालाई बताए। सभापति देउवाको यो कदमले ओलीलाई भने ठूलै झड्का लाग्ने अनुमान गरिएको छ । उनले एकातिर बैठक गर्ने कारण नपाउने भएका छन् भने अर्कातिर नेकपाको बैठकमा भाग नलिने कारण नपाउने भएका छन् ।
नेपाली कांग्रेसले २९ गते सरकारबिरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरेको छ। नेकपाको स्थायि कमिटी वैठक भने मंसिर २८ गते बोलाइएको छ। आफ्ना बिरुद्ध आरोपपत्र फिर्ता नलिएसम्म सो बैठकमा भाग नलिने ओलीले बताउँदै आएका छन्।