सरकारको सर्वसत्तावाद बिरुद्ध २९ गते सडकमा आउन कांग्रेसको आह्वान
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २७ शनिबार
235
Shares
काठमाडौं। सरकारको सर्वसत्तावादको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सर्वसाधारणलाई सडकमा ओर्लन आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रचार विभागले सार्वजनिक गरेको भिडियोमा विभागकै प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माले २९ गतेको सरकारविरोधी प्रदर्शनमा साथ दिन आम नागरिकमा आग्रह गरेका हुन् ।
‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ?’ प्रवक्ता शर्माद्वारा प्रस्तुत भिडियोमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’
तनहुँ घटना लगायतका अनेक दमन साक्षी रहेको, जनताको अधिकार एक एक गरेर खोस्दै गएको भन्दै सर्वसत्तावादलाई रोक्न सडकमा आउन शर्माले भिडियोमा आह्वान गरेका छन् । त्यस्तै भ्रष्टाचारका विरोधमा सरकारलाई कठघरमा उभ्याउनका लागि पनि सडकमा आउनुपर्ने कांग्रेसको भनाइ छ। प्रवक्ता शर्माले जारी गरेको भिडियो जस्ताको तस्तैः