नेपालमा कोरोनाबाट थप १५ को मृत्यु, कोरोनामुक्त दर ९४.६ प्रतिशत
रासस,
प्रकाशित २०७७ मंसिर २७ शनिबार
103
Shares
काडमाडौं। नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६ सय ८९ को मृत्यु भएको छ। बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ सङ्क्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ।
पछिल्लो २४ घन्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन्। कुल सङ्क्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुने दर ९४.६ प्रतिशत पुगेको छ।