काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरूको आज बसेको बैठकले पुस ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले टुईटर मार्फत बताएका छन्। अध्यक्ष थापाले ट्विटरमा लेखेका छन् 'राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पौष ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ।
उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ।'