काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ९८ लाख ५७ हजार ३८० पुगेको छ । शनिबार ३० हजार ३५४ जना संक्रमित थपिएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३ लाख ५४ हजार ९०४ रहेको छ । शनिबार ३३ हजार ८७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ९३ लाख ५६ हजार ८७९ पुगेको छ ।
शनिबार ३९१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ५५ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा पुगेका छन् । शनिबार ४ हजार २५९ थपिएर १८ लाख ७६ हजार ६९९ पुगेका छन् । त्यहाँ सक्रिय संक्रमित ७३ हजार ५४२ जना छन् । ज्यान गुमाउने ४८ हजार १२९ पुगेका छन् ।
शनिबार सबैभन्दा संक्रमित केरलमा थपिए । त्यहाँ ५ हजार ९४९ जना संक्रमित थपिएका छन् । हाल ६० हजार २९ सक्रिय संक्रमित रहेका छन् । ३२ मृतक थपिएर २ हजार ५९५ जना पुगेका छन् ।
पछिल्लो समय केरलमा कोरोना बढी नै फैलिएको छ । भारतमा केरल सक्रिय संक्रमितको दोस्रो स्थानमा रहेको छ ।
दिल्लीमा १ हजार ९३५ जना थपिएर कुल संक्रमित ६ लाख ५ हजार ४७० पुगेका छन् । मृतक ४७ जना थपिएर ९ हजार ९८१ पुगेका छन् ।