arrow

पशुपति कोषले ढोका बन्द गरे पनि पुगे शतबीज छर्ने

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
satabij.jpg

काठमाडौं । आइतबार शतबीज छर्ने दिन । सरकार र पशुपति क्षेत्र विकास कोषले रोक लगाए पनि आइतबार बिहानै पाशपत क्षेत्रमा शतबीज छर्नेको घुईंचो लाग्यो । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन झिसमिसे बिहानै शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व मनाइने प्रचलन रहेको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाए पनि ठूलो संख्यामा भक्तजन पुगेका थिए । 

कोषले पशुपतिनाथको ढोका बन्द गरेको थियो । पशुपति मन्दिर भित्र प्रवेश नपाए पनि धर्मावलम्बीहरुले मन्दिर बाहिरबाटै शतबीज छर्दै हिंडेका थिए । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषले जनाएको थियो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको शान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भने भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्दथे ।



लोकप्रिय समाचार
नयाँ