काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारी मौनता तोड्न नुवाकोट जाँदैछन् । नेपाली कांग्रेसले सोमबार गर्ने देशव्यापी सरकार विरोधी आन्दोलन र प्रदर्शनका लािग भण्डारी नुवाकोट जान लागेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताविरुद्ध सडकमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाएको छ । उक्त क्रममा डा भण्डारी नुवाकोट जान लागेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘पूर्वीय दर्शनमा हस्तिनापुरको राज्यसभालाई अर्थपूर्ण रुपले लिइन्छ । जुन सभामा महामानव भीष्मपितामह, ज्ञानका पुञ्ज द्रोणाचार्य, कुलगुरु कृपाचार्यको उपस्थिति थियो । तर त्यही सभा कुलवधु द्रौपतीको वस्त्रहरण गर्दा निर्लज्ज, कायर र मृतसभा बन्न पुग्यो । त्यसरी नै नेपालले पनि गौरबपूर्ण इतिहास र सम्मानयोग्य नेताको भारी बोकेको छ । तर आज जनताले समस्यामाथि समस्याको भारी बोक्नु पर्दा नेताहरु स्वार्थका लागि निर्लज्ज बनेका छन् । नेपालको राजनीतिले मान र सम्मानका भाषा भुलिसकेको छ । सत्य र असत्यको कसिमा मृत बनिसकेको छ। कुनै पनि नेताका आँखा खुल्न सकेका छैनन् भने निर्लज्जहरुको आत्माको आँखाको खुड्की खुल्न सक्ने कुरै भएन । यस्तो समयमा २९ गते मौनता तोड्न नुवाकोट जाँदैछु ।’
र, यो पनि