arrow

दमरोगी महिलाको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
woman-dead-body.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती महिलाको शनिबार राति ८:४० बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । दमरोगबाट पीडित उनमा बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ । जसमा पोखरामा मात्रै १०३ जनाको मृत्यु भइसकेको छ । 

गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या एक लाख १४ हजार ३०४ जना पुगेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ