विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा गरिएको ४६० जनाको पिसिआर परीक्षणमा ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १६, झापामा १८, सुनसरीमा पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक-एक र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५९ जना संक्रमित निको भई घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख ६३८ जनाको पिसिआर परीक्षण सम्पन्न गरिसकेको छ ।