arrow

ग्वार्कोको पेट्रोल पम्पमा आगलागी

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
fire-final.jpeg

ललितपुर । ललितपुर महानगपालिका–१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आइतबार साँझ आगलागी भएको छ ।

तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराए ।

 उनले भने, “पम्पमा क्षति भएको छैन त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन ।” 



लोकप्रिय समाचार
नयाँ