बेलबारी । सरकारको सर्वसत्तावाद विरुद्ध कांग्रेसले मंसिर २९ गते आयोजना गर्न लागेको विरोध प्रदर्शनमा उत्रन र सरकारलाई खबरदारी गर्न सिठ्ठी जुलुस गरिएको नेविसंघ बेलबारी नगर समितिका सभापति सन्तोष भट्टराईले बताए ।
कांग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शन गर्दै गर्दा नेविसंघले त्यसको पूर्वसन्ध्यामा सिठ्ठी जुलुस निकालेको हो । नेविसंघले ७७ वटै जिल्लामा विरोध प्रदर्शनलाई सशक्त बनाउँदै गर्दा स्थानीय तहमा पनि संयन्त्र फैलाएको छ ।