arrow

मेस्सीको गोलमा बार्सिलोना विजयी 

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
messi65.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला लिगामा लेभान्तेलाई हराएको हो ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को कठिन जित निकालेको हो ।

मेस्सीले खेलको ७६ औं मिनेटमा गोल गर्दै जारी सिजनमा ९ गोल पूरा गरेका छन् । डी जोङको पासमा मेस्सीले गोल गरेका हुन् । बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको हो । 

अन्य खेलको नतिजा
रियाल सोसिडाड १–१ आइबार
रियाल बेटिस १–१ भिल्लारियल
इल्चे ०–१ ग्रानाडा

अंक तालिका
रियाल सोसिडाड १३ खेलबाट २६ अंक
एथलेटिको मड्रिड ११ खेलबाट २६ अंक
रियाल मड्रिड १२ खेलबाट २३ अंक
भिल्लारियल १३ खेलबाट २२ अंक 
सेभिया ११ खेलबाट १९ अंक
बार्सिलाना ११ खेलबाट १७ अंक



लोकप्रिय समाचार
नयाँ