arrow

काठमाडौंमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम यो वर्षकै कम, यस्तो छ समग्र देशको अवस्था

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
weather-final.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै कम न्यूनतम तापक्रम भएको छ । बिहानमा निकै चिसो बढेको छ । सोमबार बिहान न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले बताए । 

आइतबार न्यूनतम तापक्रम ४.५ डिग्री रहेकामा सोमबार ०.५ डिग्री कम भएको हो । डिसेम्बर २०–२२ आउँदै रहेकाले अब दैनिकजसो न्यूनतम तापक्रम घट्दै जाने सापकोटाले बताए । 

उनले चिसो बढेको भए पनि काठमाडौं उपत्यकामा सोमबार मौसम सफा रहने बताए । 

अधिकतम तापक्रम भने उपत्यकामा २० देखि २२ डिग्री हुन सक्ने सापकोटाले जानकारी दिए । आइतबार २१.६ डिग्री सेल्सियस रहेको थियो । 

आइतबार सबैभन्दा बढी भैरहवामा २४.८ डिग्री रहेकामा जुम्लामा सबैभन्दा कम माइनस ३.९ डिग्री रहेको थियो । 

सापकोटाका अनुसार प्रदेश १ का केही स्थानमा फाटफुट वर्षा हुने सम्भावना रहेको छ भने हिमाली भेकमा हल्का हिमपात हुन सक्नेछ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका १–२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राति प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले तराईका अधिकांश  भूभागहरुमा  बिहानीपख वायुको पारदर्शितामा  कमी  हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
नयाँ