काठमाडौं। पूर्णरुपमा असफल भएको भन्दै आलोचित नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकार विरुद्ध नेपाली कांग्रेसले आज गरिरहेको देशव्यापी प्रदर्शनका क्रममा कांग्रेस सभापति शेर बहादुर देउवा मकवानपुरको हेटौंडा पुगेका छन्। सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रममा हजारौंको सहभागिता रहेको छ। पार्टी सभापति देउवाले सम्वोधन गर्नुअघी उनीसँगै हेटौंडा पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दै सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न चेतावनी दिए।
शर्माले कोरोना भाइरसको महामारीका बेला कांग्रेस सडकमा आउनुको कारण १ लाख रुपैयाँ अस्पतालमा जम्मा गर्न नसकेर ज्यान गुमाउनेका नेपालीको जिम्मेवार को हो भन्दै प्रश्न उठाउँन सडकमा आएको बताए । उनले किन सरकारले कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टिन व्यवस्थापन भएन,किन काठमाडौंको सडकमा सुर्यबहादुर तमाङलगायतले भोक भोकै ज्यान गुमाए ? कांग्रेस यस्तै प्रश्न गर्न सडकमा आएका शर्माले बताए।
उनले भनेका छन्, एमाले र माओवादीलाई भोट दिने साथीहरु के जनता मरिरहँदा बालुवाटारमा यस्तै होस् भन्नका लागि दिएका थिए। कोरोना भाइरसको माहामारीका बेला देशमा जनता स्वास्थ्य सेवा नपाएर, खाना नपाएर ज्यान गुमाइरहँदा नेकपाको सरकार सत्ता तानातान गरिरहेको उनले बताए। नेता शर्माले जताततै भ्रष्टाचार भइरहेका बेला यसको रोकथाम र निष्पक्ष छानबिनका लागि कांग्रेस सडकमा आएको बताए। बुढीगण्डकी नेपालीको लगानीमा बनाउने निर्णय भएको तर नेकपा सरकारले चीनको एक विवादास्पद कम्पनीलाई बीना प्रतिस्पर्धा दिइयो यो भ्रष्टाचार होकी हैन् उनले कार्यक्रममा प्रश्न गरे। त्यस्तै उनले ७० करोडको कमिसनदेखि कात्रोदेखि स्वासप्रश्वासको औषधिमा सरकारले भ्रष्टाचार गरेको आरोपको जवाफ माग्न आएको बताए।