धनगढी । सरकारको सर्व सत्तावादका बिरुद्ध देशभर बिरोध प्रदर्शनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले धनगढीमा आयोजित बिरोध र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाईरहेको आरोप लगाउदै ब्यंग्य गर्दै बताएका हुन ।
नेता थापाले राष्ट्रिपतिले शीतल निवासमा बसेर आफ्नो गरिमा बिर्सिएको भन्दै आफूसँग काठमाडौंमा चुनाव लड्न तयार रहन चुनौती दिए।
सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको बिरोध सभामा सम्बोधन गर्दै नेता गगन थापाले भने- ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी सितल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस्।’ उनले राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाईरहेको आरोप लगाए ।
उनले बर्तमान सरकारलाई पटक–पटक सच्चिन सुझाब दिएपनि नसच्एिकाले बाध्य भएर सडकमा आउनु परेको बताए । उनले भने- ‘अहिलेको परिस्थितमा सडकमा आउनु पर्दा दुख लागेको छ, अब सरकारलाई ठेगानमा नल्याउँदा सम्म सडक छोडदैनौं ।’नेकपा भन्ने पार्टी नभएर लोभी पापीको मञ्च भएको थापाले बताए । उनले भने–‘कपी ओली लोभी र प्रचण्ड पापी हुन।’
नेता थापाले बर्तमान सरकार भ्रष्टहरुको संरक्षक रहेको बताए । बिभिन्न नाममा गरिएका भ्रष्टाचारहरुलाई लुकाउने बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले अख्तियार भन्दा पहिले आफूले फैसला गरि आफ्ना मान्छेको संरक्षण गर्ने गरेको थापले बताए ।
प्रधानमन्त्रीजी तपाई नाङगै सडकमा हिडदै हुनुहुन्छ भनेर आफूले भन्दा नपत्याएका प्रधानमन्त्रीलाई अहिले नाङगै हिडिरहेको प्रचण्ड र माधब नेपालले पुष्टि गरेको थापाको भनाई छ । उनले भने–‘तर प्रचण्ड र माधब नेपालले पनि २ बर्ष सम्म प्रधानमन्त्रीलाई नाङगै हिडेको नदेखेको जब आफु अर्धनग्न भए अनि मात्र नाङगै देखे।
हिन्दुराष्ट्र र राजसंस्थाका पक्षेमा पछिल्लो समय देशभर भईरहेको प्रर्दशनलाई लक्षित गर्दै थापाले युवाहरुलाई भने-‘राजाका पक्षेमा सडकमा निस्कनु युवाको अधिकार हो तर पंचायतकालमा मुर्ति बेचेर खाने मण्डलेले धर्म बचाउन सक्छन भनेर बिश्वास नगर्नुहोस ।’
उनले अहिले दलहरुले गरिरहेका गल्तीको खबरदारी गरि सच्चाउन लगाउनु पर्ने तर राजा आउ भनेर पछि नलाग्ने युवाहरुलाई आग्रह गरे । धनगढीको चौराहबाट शुरु भएको बिरोध र्यालीमा गाउँ गाउँबाट सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
र्याली पछि आयोजित सभामा गगन थापा संगै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं पुर्ब मन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपमेयर एबं महिला संघकी नेता शुसिला मिश्र भट्ले सम्बोधन गरेका थिए।