arrow

सर्लाहीसहित देशभर सरकारविरुद्ध प्रदर्शन

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
sarlahi.PNG

सर्लाही । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (सोमवार) सर्लाहीसहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार सर्लाही सदरमुकाम मलंगवामा पनि सोमवार दिउँसो र्‍याली निकालिएको हो ।

जिल्लाभरबाट उपस्थित नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी कार्यालयबाट सुरु भएको र्‍याली नेपाल–भारत सीमा नाका खोल्नु पर्ने र हुलाकी सडकको निर्माण कार्य अघि बढाउनु पर्ने माग राख्दै एक सातादेखि रिले धर्ना जारी राखिएको जिविस चोकस्थित धर्ना स्थलमा आएर कोण सभामा परिणत भएको थियो ।

कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायको अध्यक्षता एवं केन्द्रिय सदस्य जंगिलाल रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य शम्भुलाल श्रेष्ठ, नेताहरु रामवली राय, दीपक अधिकारी र सत्यदेवसिंह दनुवारले सम्वोधन गरे । सर्लाहीमा जस्तै देशका अन्य जिल्लाहरुमा पनि केन्द्रिय नेताहरुको उपस्थितिमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले देशमा महिला हिंसा र बलात्कार, भ्रष्टचार, अनियमितता बढ्दापनि सरकार मौन रहेको भन्दै खबरदारी स्वरुप संसद बैठक आह्वान गर्न सडकबाट ध्यानाकर्षण गराउने तयारी गरेको छ । तनहुँमा पुलको उद्घाटन गर्न जाँदा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएपछि कांगे्रस सरकारविरुद्ध आक्रमक भएर प्रस्तुत भएको छ ।



लोकप्रिय समाचार
नयाँ