भक्तपुर । चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी भएको छ ।
आगलागीबाट रु ११ लाख ४७ हजार ५०० बराबरको धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आगलागी भएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको उनले बताए ।