arrow

सरकार भ्रष्टाचारी र अधिनायकवादी : जगदिश्वरनरसिंह केसी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
jagadish-narsingh-kc.jpg

नुवाकोट। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। नुवाकोटमा पनि नेपाली कांग्रेसले सदरमुकाम विदुरदेखि बट्टारबजारसम्म विरोध र्‍याली निकालेको छ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले निरंकुश, तानाशाही, सर्वसत्तावादी, एकदलीय अधिनायकवादी सरकारका विरुद्धमा देशभर नेपाली कांग्रेसले विरोध गरेको बताए। सरकारले तनहुँको पुल उद्घाटनमा जान लागेका प्रतिपक्षी दलका शिर्ष नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार सर्वसत्तावादको संकेत भएको भन्दै उनले खेद व्यक्त गरे। नेता पौडेलमाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै त्यस्ता सरकारको प्रवृत्तिविरुद्ध नुवाकोटमा प्रतिरोध गर्ने चेतावनी दिए।

सर्वसत्तावादी सरकार कोभिड-१९ नियन्त्रणमा असफल भएको, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मुल्यवृद्धि, भ्रष्टाचार, महिलाहिंसा, करवृद्धि र कुशासनको विरुद्ध देशभर नेपाली कांग्रेसले विरोध कार्यक्रम गरिएको उनले बताए। सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शनका लागि शिर्ष नेताहरु देशका विभिन्न जिल्लामा पुगेका थिए।



लोकप्रिय समाचार
नयाँ