arrow

संवैधानिक परिषदको बैठकमा आन्तरिक लडाइँको झल्को, देउवा गए सभामुख सापकोटा गएनन् 

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
sambaidhanik-baithak.jpg

अपडेटः मंगलबार बिहान बसेको बैठक गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको छ । बैठक मंगलबार साँझ ५ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले भने तयारी नपुगेका कारण बिहानको बैठकमा उपस्थित नभएको जानकारी दिएका छन् । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी रहेको छ । गत आइतबारको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको बैठकमा मंगलबार बिहान  देउवा उपस्थित भएसँगै बैठक जारी रहेको हो । 

तर सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी भएका छैनन् । सापकोटा सहभागी नभए पनि बैठकमा प्रधानमन्त्री ओली, देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएसँगै गणपुरक पुर्याएर बैठक बसिरहेको हो । 

परिषद् बैठकसम्बन्धी कार्याविधिमा अध्यक्ष र कम्तीमा चार जना सदस्यहरु उपस्थित भएमा परिषद् बैठकका लागि गणपुरक संख्या पुगेको मानिनेछ । तर बैठकमा सभामुख सापकोटा अनुपस्थित छन् भने उपसभामुख नभएकाले गणपुरक संख्या पुग्दैन । 

यति हुँदा पनि बैठक बसिरहेको बताइएको छ । सभामुख सापकोटा गत आइतबार पनि उपस्थित भएका थिएनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका सभामुख दाहाल पार्टीको आन्तरिक किचलोका कारण बैठकमा सहभागी नभएका हुन् । 

अध्यक्षद्धय ओली र प्रचण्डबीच आरोप प्रत्यारोप चलिरहँदा सापकोटा नजाँदा यसको प्रत्यक्ष असर संवैधानिक परिषदमा देखिएको छ । 

जारी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ । करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त भएको लामो समय भए पनि ओलीले बैठक नबोलाउँदा अलमल रहेको थियो । 

प्रधानमन्त्रीले विभिन्न निकायमा नियुक्ति लगायतका मन्त्रीपरिषदका निर्णयमा समेत सचिवालयमा छलफल गरी निर्णय गरी अगाडि बढ्नु पर्ने गत भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय भए पनि त्यसलाई लत्याउँदै आएका छन् । 

त्यसको असन्तुष्टि प्रचण्डले पोख्दै आएका छन् । पार्टी स्थायी कमिटी बैठक बसिरहेका समयमा पार्टीसँग कुनै सल्लाह नै नगरी संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्न खोजिएको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् । 



लोकप्रिय समाचार
नयाँ