arrow

रुबिना हत्याका आरोपित बालकलाई सुधारगृहमा पठाइयो

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
dead2.jpg

वाग्मती । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । 

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

वाग्मती गाउँपालिका–७ स्थित लामिटारका शेरबहादुर पाख्रिनकी चार वर्षीया छोरी रुबिनाको यही मङ्सिर ३ गते हत्या भएको थियो ।

 बालिकालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

 बालिकाको हत्याको आरोपमा ती बालकलाई मङ्सिर ४ गते प्रहरीले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ