arrow

जन्तीको गाडी दुर्घटना, भारतबाट जन्ती आएका सिंहको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
accident1.jpg

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्डअन्तर्गत मंगलबार जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
    
मृत्युहुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । 

सर्लाहीको बलरा नगरपालिका–९ छतौना गाउँका ललन सिंहको छोरा धीरज सिंह र मनरासिस्वा नगरपालिका–६ का हरिविष्णु सिंहको छोरी पुनिता सिंहको विवाहमा जन्ती भएर आएका राजेशले चढेको बीआर०५पी २०२२ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनापश्चात् गाडी चालक फरार भएका छन् भने शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ । 



लोकप्रिय समाचार
नयाँ