काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक व्यवस्था नै असफल भएको दाबी गरेका छन् । थापाले सरकारले संवैधानिक परिषद् सम्वन्धि अध्यादेश ल्याएपछि यो राजनीतिक व्यवस्था नै असफल भएको प्रमाणित भएको दाबी गरेका हुन् ।
राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा बोकेर सडकमा उत्रिएका थापाले संवैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको तथा अध्यादेश ल्याउनु सर्वसत्तावादको उदाहरण भएको भन्दै सो कार्यबाट व्यवस्था असफल भएको प्रमाणित भएको भनेका हुन् ।
‘निहित स्वार्थवश संवैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत, भागबण्डाको आधारमा संवैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने काम दुर्भाग्यपूर्ण, विवादास्पद रूपमा संवैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण, उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित’, अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै भनेका छन् ।