arrow

इंग्लिस प्रिमियर लिगः चेल्सी लिग जित्न तयार देखिएन, रोकियो म्यान्चेस्टर सिटी

logo
प्रकाशित २०७७ पुष १ बुधबार
chelsea35.jpg

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा पूर्व विजेता चेल्सीले लगातार दोस्रो हार भोगेको छ । यसअघि एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको चेल्सी मंगलबार रातिको खेलमा वुल्भरह्याम्पटन वान्डेरर्ससँग २–१ गोल अन्तरले पराजित गर्यो । 

प्रारम्भिक अग्रतालाई समेत जोगाउन नसकेको चेल्सीका लागि खेलको ४९ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा वुल्भसका डानियल पोडेन्सले गोल गर्दै घरेलु मैदानमा टिमलाई बराबरीमा ल्याए । 

इन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई हराए । यो हारले चेल्सीको शीर्ष स्थानमा पुग्ने सपना चकनाचूर भएको छ । 

पल स्कोल्सले यो हारपछि चेल्सी लिग जित्न अझै तयार नदेखिएको प्रतिक्रिया दिएका छन् । 

त्यस्तै अर्को खेलमा म्यान्चेस्टर सिटीले पनि ३ अंक बटुल्न सकेन । सिटीले घरेलु मैदानमै वेष्टब्रोमविच आल्बियनसँग १–१ गोलको बराबरी खेलेको हो । 

यो खेलमा पनि सिटीले अग्रता जोगाउन सकेन । ३० मिनेटमा गुएन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर ४३ औं मिनेटमा रुबेन डायसले आत्मघाती गोल गर्दा खेल बराबरीमा रोकियो । 

अंक तालिका
१२ खेलबाट टोटनह्याम हट्सपर र लिभरपुलको समान २५–२५ अंक छ । लेस्टर सिटीको २४ अंक छ । साउथह्याम्पटनको २३ अंक छ भने एक खेल बढी खेलेको चेल्सीको २२ अंक छ । 

म्यान्चेस्टर सिटी, वेष्टभह्याम, एभर्टन, म्यान्चेस्टर युनाइटेडर वुल्भस्को २०–२० अंक छ । 



लोकप्रिय समाचार
नयाँ