arrow

मौसमले कक्रक्क पार्दैछ मुलुकलाई, यस्तो छ हाल

logo
प्रकाशित २०७७ पुष १ बुधबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश २, बागमती प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भूभागहरुमा हुस्सु– कुहिरो लागेको छ। 

काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ । केही दिनदेखि बढेको चिसो अझै बढ्ने मौसमविद्हरुले बताएका छन् । बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार ८ः४५ सम्म अझ मौसममा थपघट हुन सक्नेछ । 

मंगलबार उपत्यकामा यो वर्षकै न्यून ३ डिग्रीमा झरेको थियो । बुधबार काठमाडौंमा अधिकतम १९ डिग्रीसम्म बढ्न सक्न्ेछ । बुधबार बिहान सबैभन्दा कम जुम्लामा माइनस ७ डिग्री सेल्सियसमा झरेको छ । 

तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

डिसेम्बर २०–२२ आउन बाँकी नै रहेकाले मुलुकभरको तापक्रम अझै घट्दो क्रममा रहेको मौसमविद्हरुले बताएका छन् । यो समयमा वृद्धवृद्धा र बालबालिकालाई चिसोले कक्रक्क पार्ने भएकाले सचेतना अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । 

कोरोना भाइरसको महामारीका कारणले पनि सावधानी अपनाउनु पर्नेमा उनीहरुको जोड छ । 



लोकप्रिय समाचार
नयाँ