काठमाडौं । कोरोना भाइरसको महामारीले फेरि सताउन थालेपछि फ्रान्समा दोस्रो पटक लकडाउन शुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरिएको हो । यसपालिको लकडाउन थप कडा बनाइएको छ । लकडाउनसँगै रातमा कर्फर्यूसमेत लगाइएको छ ।
आउँदै गरेको क्रिसमसमा कोरोना भाइरसको संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुनः लकडाउन जारी गरिएको हो । राति ८ देखि बिहान ६ बजेसम्म कर्फर्यू नै लगाइएको छ ।
यसबाट मानिसहरु बाहिर निस्कन पाउने छैनन् । न्यूइयर इभमा बार र रेस्टुरेन्टहरु खुल्न पाउने छैनन् । बीबीसीले लेखेअनुसार जनवरी २० तारिखसम्म बार र रेस्टुरेन्ट खोल्न प्रतिवन्ध लगाइएको छ ।
महामारीको समयमा सुरक्षित रुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
फ्रान्समा एकै दिन मंगलबार ७९० जनाको ज्यान गएको छ । मृतकको संख्या ५९ हजार ७२ पुगेको छ ।
हालसम्म संक्रमित हुनेको संख्या २३ लाख ९१ हजार ४४७ पुगेको छ । मंगलबार ११ हजार ५३२ जना संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमित २ लाख ५३ हजार २८८ जना रहेका छन् ।