काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा बुधबार भने वृद्धि देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मंगलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मंगलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो ।
यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मंगलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी बुधबार भने एक हजार २३० मा कारोबार भएको छ ।