काठमाडौं। नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिकता गुमाइसकेकाले अध्यादेश जारी गर्दैमा नैतिकता नबच्ने बताएका छन। नेता पौडेलले बुधबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै पार्टी भित्र अल्पमतमा परेपछि र लोकतन्त्रका न्युनतम मर्यादा नाघेपछी ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको बताएका हुन।
‘पार्टी भित्र अल्पमतमा परेपछी र लोकतन्त्रका न्युनतम मर्यादा नाघेपछी ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको थियो, संसद छल्ने तर अध्यादेश जारी गरेर ओलीको औचित्य बच्न सक्दैन, आधा कार्यकाल काण्डै काण्डले बित्यो, अहिले छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठुलो क्षति पुग्नेछ।’ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले लेखेका छन।