arrow

नेकपा स्थायी कमिटी बैठक जारी

logo
रासस,
प्रकाशित २०७७ पुष १ बुधबार
ncp-sthi-committee.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उनका प्रेस सल्लाहकार थापाले बताए। आज अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो। आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। उनीहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो।

यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो।



लोकप्रिय समाचार
नयाँ