arrow

बोटलर्स नेपाल लिमिटेड ऊर्जा बचत पहलका लागि पुरस्कृत

logo
प्रकाशित २०७७ पुष १ बुधबार
coke-awarded.jpg

काठमाडौं। कोका—कोला नेपालको लागि बोटलिंग पार्टनर, बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियनको अनुदान प्रदान गरिएको छ। यो अनुदान “नेपाल उर्जा दक्षता कार्यक्रम” को एक हिस्सा हो जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो।

बोटलर्स नेपाल लिमिटेडले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त गर्‍यो जसअन्तर्गत भीएफडी अनुकूलता सहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्दछ। यी पहलहरूको मौलिक उद्देश्य कोका—कोलाको २०२० सम्ममा कार्बन फुटप्रिन्ट २५५ मा घटाउने विश्वव्यापी स्थिरता उद्देश्य द्वारा संचालित थियो।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “नेपाल सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा हामी खुसी छौं। हामीले हाम्रो आपूर्ति श्रृंखलामा महत्वाकांक्षी लक्ष्यहरू राखेका छौं र उत्सर्जन घटाउन र ऊर्जा बचत गर्ने हाम्रो दृष्टिकोणलाई समर्थन गर्न हाम्रा उपकरण र प्रविधिमा धेरै परिवर्तनहरू जारी राख्नेछौं। उनले थप्दै भने, “यस्तो मान्यताले हाम्रो टोलीलाई हाम्रो विश्वव्यापी स्थिरता पहलमा प्रतिबद्ध रहन प्रेरित गर्दछ।”

बोटलर्स नेपाल लिमिटेड काठमाडौं र भरतपुर दुबै उत्पादन केन्द्रहरुमा उर्जा दक्षताका लागि प्रयासरत छ, र सम्पूर्ण मूल्य श्रृंखलामा उर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरु मार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको छ।

वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ, र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशांत रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए।



लोकप्रिय समाचार
नयाँ