arrow

विपक्षी तर्साउन खोजेका ओली आफै तर्सिए, नुहाए चिसै पानीले

आठ महिनाअघी ४ दिन टिकेका ओली यो पटक टिकेनन् एक दिन पनि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
kp-oli-serious-mood.jpg

काठमाडौं। पार्टी भित्रका विपक्षीहरुलाई तर्साउने गरि ल्याएको संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश एक दिन पनि टिकाउन नसकि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली वाध्य भएका छन्।प्रचण्ड नेपाल समूहलाई तर्साउन ओलीले ल्याएका अध्यादेश आफैतिर फर्केर सत्ताच्युत गर्नेसम्मको खतरा देखेपछि ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। यो पटक समेत गरि एउटै अध्यादेश ८ महिनााभित्र ओलीले दुईपटक ल्याउने प्रयास गरे भने दुबै पटक फिर्ता लिन समेत वाध्य भएका छन्। 

आठ महिना अघि चार दिनसम्म टिकेका प्रधानमन्त्री केपी शर्मा ओली यसपटक २४ घण्टा वित्न नपाउँदै संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। यसअघि गत वैशाख ८ गते पनि ओलीले राजनीतिक दल सम्बन्धी ऐन र परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गराएकोमा चौतर्फी विरोध भएपछि १२ गते फिर्ता लिएका थिए। मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि रिसको झोकमा ऐनमा आफूखुशी निर्णय अधिकारको प्रावधान राखेर ओलीले अध्यादेश जारी गराएका थिए। 

तर, बुधबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकका लागि बालुवाटारमा भेला भएका नेताहरुमाझ अनुपस्थित रहेका प्रधानमन्त्री ओली र द्वितीय अध्यक्षबीच भएको दोस्रो वार्ताका क्रममा ओलीले मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन सहमत भएको स्रोतले बताएको छ। ओली अध्यादेश फिर्ता लिन सहमत हुँदा पार्टी भित्रका असन्तुष्ट पक्षले पनि संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा दर्ताका लागि लिएर गएको सांसदहरुको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता नगरी फिर्ता लिन सहमत भएको बताइएको छ।

यसरी विपक्षी तर्साउने नियतले राष्ट्रपतिसँगको साँठगाँठमा ल्याइएको अध्यादेशले आफैलाई खाने भएपछि प्रधानमन्त्री ओली चिसै पानीले नुहाउन वाध्य समेत भएका छन्। यसबीचमा राष्ट्रपतिले मध्यस्थता गरिदिएर दुबैको आरोपपत्र फिर्ता लिन मनाएपछि स्थायी कमिटीमा पेश भएका दुबैको प्रस्ताव पनि फिर्ता हुने भएका छन्। यहि शर्तमा नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा बसेको छ। तत्कालका लागि ओलीले आफ्नो प्रधानमन्त्री पद समेत बचाएका छन्। 



लोकप्रिय समाचार
नयाँ