arrow

बुधबार सात सय छत्तीस थपिए संक्रमित, तेह्रको मृत्यु

logo
प्रकाशित २०७७ पुष १ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नेपालमा बुधबार थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ५० हजार ९१६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८४७ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय संक्रमित रहेका छन् ।    

काठमाडौँ उपत्यकामा ३९१ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २२८ पुरुष र १६३ महिला छन् । योसँगै उपत्यकामा संक्रमितको सङ्ख्या एक लाख १६ हजार ९४२ पुगेको छ । 

बुधबार थपिएका संक्रमितमध्ये काठमाडौँका २९४, ललितपुरका ७७ तथा भक्तपुरका २० रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा मात्र ९३ हजार ७९६ संक्रमित भएका छन् भने ४५० जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म ८९ हजार १७९ जना कोरोनाबाट निको भएका मन्त्रालयले जनाएको छ । 

यस्तै ललितपुरमा हालसम्म १४ हजार ५९८ संक्रमित भएका छन् । तीमध्ये १३७ जनाको मृत्यु भएको छ । तेह्र हजार ६९९ कोरोनाबाट मुक्त भएका छन् । भक्तपुरमा हालसम्म आठ हजार ५४८ जना कोरोनाबाट संक्रमित भएकामा आठ हजार १०० जना मुक्त भएका छन् । कोरोनाबाट भक्तपुरमा ९७ जनाको मृत्यु भइसकेको छ । 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । मङ्गलबार कोरोना संक्रमणबाट १४ जनाको ज्यान गएको थियो । बुधबार मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् । 



लोकप्रिय समाचार
नयाँ