arrow

अध्यादेश फिर्ता लिएपछि ओली-प्रचण्ड विवाद केही मत्थर !

logo
प्रकाशित २०७७ पुष १ बुधबार
oli-prachanda-ncp-meet.jpg

काठमाडौं । संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश फिर्ता लिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको विवाद केहि मत्थर भएको छ । प्रधानमन्त्री ओली केहि हच्किएपछि सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्ने देखिएको छ । साथै दुई अध्यक्षबीच संवैधानिक आयोगका पदमा सहमतिमा मात्र टुङ्गो लगाउने निर्णय भएको छ ।

ओली र प्रचण्ड बीचको छलफलमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिनेबारे भएको सहमति स्थायी कमिटीको बैठकले सर्वसम्मत निर्णय गरेको छ । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संवैधानिक आयोगका पदमा सहमतिमा मात्र टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते र सो दिनका लागि पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठकलाई पुस १० मा सारेको छ । 


बैठकले उखु किसान आन्दोलनलाई वार्ताबाट समाधान गरी पीडितलाई न्याय दिन सरकारलाई आग्रह गरेको छ ।

यसअघि बैठकमा पेश भएका प्रस्ताव आगामी बैठकमा छलफल हुने पनि जनाइएको छ । स्थायी कमिटीका अधिकांश सदस्य पार्टीलाई विभाजनको स्थितिमा लान वा बैठकमा कुनै प्रस्तावबारे मतदानका आधारमा निर्णय गर्न अनिच्छुक देखिएपछि शीर्ष नेतालाई सहमतिमा निकास खोज्न दबाब परेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा हालसम्म कार्यसूची बनाएर छलफल हुन सकेको थिएन ।

यसअघि भदौ २६ गतेको स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको कार्यविभाजनाका साथै अन्तरविरोधलाई हल गर्ने निर्णय गरे पनि अझ तिखारिदै गएको छ  ।



लोकप्रिय समाचार
नयाँ