काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ ।
बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर-एक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर-एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुशरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।
सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर-एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ । बैंकले हालसम्म मर्जरको बारेमा कुनै निर्णय भने नभएको जनाएको छ ।